धादिङ, ६ वैशाख । आकस्मिक वर्षा पछि धादिङको सिद्दलेक गाँउपालिकाको कालीदहमा निर्माणाधिन पुलको ढलान गर्न बनाइएको ड्याममा पानी थुनिन जादा जोखिम बढेको छ ।
सिद्दलेकको वडा नं १ र ५ जोड्ने गरि कालीदहमा निर्माण भइरहेको पुलको ड्याममा पानी थुनिन गए पछि पुल बन्न लागेको स्थान बाट तल तिर जोखिम बढेको स्थानियले बताएका छन् ।
पुलको ढलान गर्न बनाइएको ड्याममा थुनिएको पानी खोलिना साथ बस्ती किनारमा खतरा हुन सक्ने भएकाले खोला किनारमा नगइदिन स्थानिय प्रहरी प्रशासनले जनाएको छ ।












