धादिङ — नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश कमिटी सदस्य तथा धादिङ जिल्लाकी सशक्त महिला नेतृ सरला धमला प्रतिनिधि सभाका लागि धादिङ क्षेत्र नम्बर नं. २ बाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फ सिफारिस हुनु भएको छ ।

नेपाली कम्युनिष्ट पार्टी २ नं. क्षेत्रीय बैठकले पुस १० गते प्रतिनिधिसभाका लागि आकांक्षी उम्मेदवारहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो । पार्टीका विभिन्न जनवर्गीय संगठनको नेतृत्व तहमा रहेर लामो समय देखि निरन्तर योगदान दिँदै आउनु भएकी धमला सामाजिक अभियन्ताका रूपमा पनि परिचित हुनुहुन्छ । विशेषत महिला सशक्तीकरण, सामाजिक न्याय, समावेशी विकास र जनमुखी राजनीतिका क्षेत्रमा उहाँको सक्रियता र स्पष्ट धारणाले उहाँलाई छुट्टै पहिचान दिलाएको छ ।
पार्टीभित्र संगठनप्रतिको निष्ठा, जनताप्रतिको प्रतिबद्धता र संघर्षशील यात्राका कारण सरला धमला धादिङ क्षेत्र नं. २ का लागि उपयुक्त प्रतिनिधि भएको विश्लेषण गरिएको छ । आगामी निर्वाचनमा उहाँको भूमिकाले धादिङको राजनीतिक यात्रामा नयाँ दिशा दिने विश्वास लिइएको छ । धमलाले पार्टी संगठन सुदृढीकरण देखि स्थानीय तहमा जनसमस्याको समाधान सम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । महिलाको हक–अधिकार, सहभागिता र नेतृत्व विकासका सवालमा निरन्तर आवाज उठाउँदै आउनु भएकी उहाँलाई प्रतिनिधि सभाका लागि सिफारिस गरिनु महिला नेतृत्वप्रतिको भरोसा र राजनीतिक परिवर्तनको संकेतकाे रूपमा हेरिएको छ ।
उहाँको सिफारिससँगै धादिङका आम महिला दिदीबहिनीहरूमा “अब संसदमा हाम्रो आवाज बलियो रूपमा उठ्नेछ” भन्ने विश्वास बढेको छ । स्थानीय महिला अगुवा तथा कार्यकर्ताहरूले राजनीतिमा महिलाको भूमिका अझ सशक्त हुने अपेक्षा समेत व्यक्त गरेका छन् ।











