धादिङको नीलकण्ठ नगरपालिका वडा न -१२ स्थित पशुपति मन्दिर परिसरमा यस वर्षको बालाचतुर्दशी मेला मंसिर २ गते लाग्दैछ । मेलाको तयारी अन्तिम चरणमा पुगेको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष मिलन भण्डारीले जानकारी दिनुभयो । मन्दिर परिसरमा रङरोगन, बत्ती व्यवस्थापन, बाटो सरसफाइ तथा भक्तजनको सुरक्षा व्यवस्थापनकाे काम अहिले अन्तिम चरणमा पुगेकाे बताउनुभएकाे छ ।

२ गते बेलुका ५ बजे औपचारिक उद्घघाटनपछि रातभर नाचगान तथा भजन-कीर्तन हुनेछ । भोलिपल्ट बिहान सतबिज छर्ने र फूलको डोली तार्ने परम्परागत विधि पालना गरिने समितिले जनाएको छ ।
मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी दीपदान गरी रातभर जाग्राम बसेपछि बालाचतुर्दशीको बिहान सतबीज छर्ने चलन रहेको । धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो गरी सात थरी अन्न छर्दा दिवंगत आत्माको चिरशान्ति प्राप्त हुने जनविश्वास छ । एक गेडा सतबिज छर्दा एक गेडा सुन दान बराबर पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएकाे छ ।











