काभ्रेमा यात्रुवहाक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

बनेपातर्फबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको यात्रुवहाक बस आज दिउँसो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रबिन विष्टले जानकारी दिए।
‘७ जनाको शव फेला परेको छ, १६ जना घाइतेलाई उद्धार गरेर धुलिखेल अस्पताल पठाएका छौं,’ उनले भने।
बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट करिब २ सय मिटर तल खसेको हो।











