१० जेठ, काठमाडौँ । नेकपा एमालेले निर्वाचन परिणामको समीक्षा तथा पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरेको छ।

आइतबार अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुमा रहेको निवासमा बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो।
कार्यदललाई निर्वाचनमा पार्टीले व्यहोरेको हारको समीक्षा गर्दै संगठन पुनर्गठनसम्बन्धी प्रतिवेदन तयार पार्न एक महिनाको समय दिइएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
उनका अनुसार कार्यदलमा विश्वप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविराज विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल तथा प्रदेश इन्चार्जहरू सदस्य रहेका छन्।
सचिवालय बैठकमा पार्टीभित्र नेतृत्व हस्तान्तरण, नीति पुनर्गठन र संगठनात्मक सुधारको माग उठेपछि कार्यदल गठन गरिएको हो ।











