काठमाडौँ । सांसद निस्कल राईले सभामुखको भूमिकामाथि प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजे पनि सभामुखको भूमिका निष्पक्ष नभएको आशयसहितको अभिव्यक्ति दिएका हुन् ।

प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजिरहेको छ । तर, यसमा सभामुखको साथ मिलेन’, उनले संसदमा भने ।
श्रम संस्कृति पार्टी हर्क साम्पाङले सरकार खोज्दै प्लेकार्ड देखाए पनि सभामुखले त्यसलाई अमर्यादित भनेको भन्दै उनले आपत्ति जनाए ।
विगतमा रास्वपाले निलो स्कार्फ बाँधेर आएको स्मरण गर्दै उनले सभामुखलाई प्रश्न गरे, ‘आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्षीको प्लेकार्ड कसरी अमर्यादित ?











