सुनको मूल्य अत्यधिक बढेपछि त्यसको प्रभाव बजारमा देखिन थालेको छ। फागुनयता सुनको आयात निरन्तर कम भएको छ ।
माघ महिनासम्म परिमाणात्मक आयात १६ प्रतिशतले र मूल्यको आधारमा ८१ प्रतिशतले बढेको थियो ।

तर, फागुन र चैत महिनामा गत वर्षको यसै समयको तुलनामा परिमाणात्मक आयात ८१ प्रतिशतले र मूल्यगत आधारमा ५८ प्रतिशत घटेको छ।
२०८२ को फागुन र चैत महिनामा एक लाख ३० हजार ग्राम सुन आयात भएको छ। २०८१ फागुन र चैत महिनामा ५ लाख ३६ हजार ग्राम आयात भएको थियो ।
मूल्यगत आधारमा गत वर्ष यी दुई महिनामा ७ अर्ब १३ करोड रूपैयाँको बराबरको सुन आयात भएको थियो ।











