अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यसहित यसै हप्ता वार्ता पुनः सुरू हुने संकेत गरेका छन् ।

पाकिस्तानमा आइतबार २१ घण्टासम्म भएको प्रत्यक्ष वार्ता नतिजाविहीन बनेको थियो । अहिले अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ ।
मंगलबार प्रकाशित न्यूयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले आगामी दुई दिनमा पाकिस्तानमा वार्ता पुनः सुरू हुन सक्ने बताएका छन् ।
ट्रम्पले सुरूमा वार्ता युरोपमा हुने बताएका थिए तर पछि फिर्ता बोलाएर उनीहरू इस्लामाबाद फर्कने अधिक सम्भावना’ रहेको बताएको पत्रिकामा उल्लेख छ ।











