काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गरेको हो । बिहान ८ बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु भएको छ ।
चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी छन् ।











