काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई भेट्न माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल शुक्रवार बिहानै हरिसिद्दीस्थित विप्लव निवास पुगेर छलफलमा जुटेका छन् ।

भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ तीन नेता बीचको पछिल्लो विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको उनी निकट नेताहरूको भनाइ छ ।











