नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिएका छन्।

गत साउनमा मात्रै एसपीबाट एसएसपीमा बढुवा भएका रानाभाटले पारिवारिक कारण देखाएर राजीनामा दिएका हुन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले एसएसपी रानाभाटले राजीनामा दिएको पुष्टि गरे।
एसएसपी रानाभाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।
बढुवामा असन्तुष्ट जनाउँदै एसएसपी रानाभाटले राजीनामा दिएको प्रहरीकै उच्च स्रोतको दाबी छ।











