काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई माया गर्नेहरूले सिंहदरवार नजलाएको बताएका छ ।

भक्तपुरको गुण्डुस्थित निवासमा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिंहदरवार जलाउँछु भन्नेहरूले नै जलाएको आरोप लगाए ।
सिंहदरवार जलाइयो । कसले जलायो? देशलाई माया गर्ने मान्छेल इतिहासलाई माया गर्ने मान्छेले सिंहदरवार जलायो होला र ? पक्कै जलाएनन् । अरु नै कुनै घुसपैठिया तत्त्वहरूले, जो पहिलेदेखि नै भन्दैथिए त सिंहदरवार जलाउँछु भनेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर हमला गरेको थोरैपल्ट त भएन नि? धैरैपटक भइसक्यो उनले भने ।
अध्यक्ष ओली योजनाबद्ध तरिकाले सिंहदरवारलगायत सरकारी संरचनाहरूमा आगजनी गरएको बताए । उनले साँझ परेपछि उज्यालो हुने भन्दै नेता-कार्यकर्तालाई संयमता अनाउन आग्रह गरे । बादल लाग्यो भन्दैमा बादल हट्दैन भन्ने छैन । साँझ पर्यो भन्दैमा भोलि विहान हुन्छ भन्ने कुरा विश्वास गर्नुपर्छ । उज्यालो नहुने कुरा हुँदैन उज्यालो हुन्छ उनले भने ।
जेनजी आन्दोनमा भएको घटनापछि देश बदनाम भएको उनले बताए। भिसा नदिने, काम नदिनेजस्तो अवस्थामा देश पुगेको भन्दै उनले नेपाल इमान्दार मानिसहरूको देश भएको चिनाउनुपर्ने बताए ।
अहिले भिसा नदिने, काम नदिने अवस्था आइसक्यो । नेपाल एउटा बदनाम अवस्थामा पुगिसक्यो। त्यसबाट हामी जोगाउनुपर्छ। नेपाल इमन्दार र कर्मठ मानिसहरूको देश हो । अत्यन्त जिम्मेवार मानिसहरुको देश हो । सभ्य मानिसहरूको देश हो। सभ्यताको लामो इतिहास बोकेको देश हो । त्यो सभ्यतालाई अगाडि लैजा नयाँ पिँढी तम्तयार भएको देश हो भनेर अगाड बढ्नुपर्छ उनले भने ।
देशमा ठूलो क्षति भएकाले यस्ता घटना हुन नदिन संगठित भएर जानुपर्ने उनको भनाइ छ। अध्यक्ष ओलीले नेता-कार्यकर्तालाई हिम्मत र हरेस नखाइकन अगाडि बढ्न निर्देशन दिए ।











