काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको बताएकी छन् ।

गाईजात्रा पर्वका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले नेपालका विभिन्न भागमा विविध विधि र शैलीमा मनाइने गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको छ भनिन् ।
पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् , “नेपालीहरूको महत्त्वपूर्ण सांस्कृतिक पर्व, विशेषगरी नेवार समुदायले वर्ष दिनभित्र दिवङ्गत पितृहरूको सम्मान तथा आत्मा–मुक्तिका लागि मनाउने गाईजात्रा (साँपारु) पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
पूर्वराष्ट्रपति भण्डारीले गाईजात्रा पर्वले पितृआशीर्वादसहित आपसी सम्मान, सहिष्णुता र सांस्कृतिक गौरवको भावना अझ प्रगाढ बनाउन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेकी छन् ।











