११ जेष्ठ २०८२ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिकाको मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएका छ ।

मृत्यु हुनेमा व्यास –५ पाटन बस्ने प्रविन थापा मगर, सोही ठाउँ बस्ने कुमार थापा र कुशल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा जिप चालक व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन् ।











