धादिङ, ९ जेठ

धादिङको महादेवबेशीमा बसले ठक्कर दिदा हाइलक्स गाडी नदी किनारमा खसेको छ । शुक्रबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१००१ प १७०५ नम्बरको बसको ठक्करबाट बा १८ च ८३८० को हाइलक्स गाडी नदीमा खसेको हो । विपरीत दिशाबाट आएको गाडीलाई बसले ठक्कर दिई दुर्घटना हुँदा घाइते भएका दुई जनालाइ उपचारका लागि काठमाडौं पठाइएको र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।











