८ जेठ, काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा भएको अनियमितताको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ ।

पतञ्जलीबारे लेखा समितिमा आएको उजुरीका आधारमा विभिन्न निकायहरुबाट सोधपुछ गरी विवरणहरु मगाएका थियौं । त्यससम्बन्धी प्रतिवेदन थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अख्तियार पठाउने निर्णय भएको हो ।’
गतवर्ष संसद्को सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा अनियमितता भएको भनी उजुरीको छानविनका क्रममा विभिन्न निकायहरूबाट विवरण र कागजात मगाउने निर्णय गरेको थियो ।











