धादिङ, २ बैशाख । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य एवम् जिल्ला समन्वय समिति धादिङका पूर्व प्रमुख जगन्नाथ नेपाललाई पुत्र शोक परेको छ ।

नेपालका जेठा छोरा किरणको ३९ बर्षको उमेरमा मंगलबार काठमाण्डौंमा उपचारका क्रममा निधन भएको हो । स्वर्गिय किरणको मंगलबार दाहसंस्कार गरिएको छ ।











