सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छन्।

प्रधानन्यायाधीश मनोशकुमार शर्मा नियुक्त भएपछि असन्तुष्ट रहेकी मल्ल २० दिन बिदामा बसेकी हुन्।
न्यायाधीश बिदामा बस्नका लागि प्रधानन्यायाधीशसमक्ष स्वीकृतिका लागि पेस हुने गर्छ। शर्माले प्रधानन्यायाधीशको रूपमा पदभार ग्रहण गर्नुपूर्व उनी आफैले कायममुकायम प्रधानन्यायाधीशको रूपमा बिदा स्वीकृत गराएर बसेकी हुन्।











