काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै थुनामै रहेको स्पष्ट गर्दै यसअघि सार्वजनिक भएको रिहा भएको सूचना गलत भएको स्वीकार गरेको छ। मन्त्रालयले उक्त अनौपचारिक जानकारीका कारण सिर्जना भएको अन्योल र असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै इरानको बन्दर अब्बासस्थित स्थानीय अदालतमा झासम्बन्धी मुद्दा विचाराधीन रहेको जनाएको हो।











