काठमाडौं । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सरकारले संसद् रोकेर अध्यादेश ल्याएकोप्रति आपत्ति जनाएका छन्।

सरकारले संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी र सहकारी समस्या समाधान सम्बन्धी गरी २ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाएपछि उनले असन्तुष्टि जनाएका हुन्।
उनले भनेका छन्, ‘वैशाख १७ गते संसद्को बैठक बस्दै थियो, शक्तिशाली भनिने सरकारले बैठक आह्वान भएको भोलिपल्टै हठात् संसद्को बैठक स्थगित गरेर अहिले अध्यादेशको बाटो तय गरेको छ। विगतमा अध्यादेशले लोकतन्त्रको हुर्मत लिएको ठान्ने ‘जान्ने’हरुले आफ्नो झन्डै दुई तिहाइको जनमतको हुर्मत लिदैछन् ! उनले सबै कानै चिरेका जोगी भएपछि कुन नयाँ कुन पुरानो त अब !











