९ बैशाख २०८३ बुधवार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाको घोषणा गर्दै व्यक्तिगत विषयमा उठेका जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।

गुरुङले आफू सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्। राजीनामा दिनुअघि उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गरेका थिए।











