काठमाडौँ — श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की आएको दाबी गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
सोमबार दिएको उजुरीमा उनले सुनिता खड्का नामकी एक महिलाले आफूलाई धम्की दिएको उल्लेख गरेका छन्। साम्पाङले उक्त महिलालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थक भएको दाबीसमेत गरेका छन् ।
उजुरीपछि साइबर ब्युरोले घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ ।












