काठमाडौँ — जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौं जिल्ला प्रहरी परिसरलाई बुझाएको छ ।

भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न बनेको उक्त आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई नै आफ्नो प्रतिवेदन बुझाएको थियो ।
अहिले उक्त प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयबाट परिसरलाई हस्तान्तरण गरिएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।











