काठमाडौँ — शनिबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ ।

शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालत उपस्थित गराइएको हो । न्यायाधीश आनन्द श्रेष्ठकहाँ म्याद थपकाे पेसी रहेकाे स्रेस्तेदार तीर्थ भट्टराईले बताए । यसअघि उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो ।











