धादिङ । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ ।
हिजो बसेको केन्द्रीय सचिवालय बैठकले धादिङ निर्वाचन क्षेत्र नं. १ बाट पूर्व सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य भूमि त्रिपाठी र धादिङ निर्वाचन क्षेत्र नं. २ बाट संविधानसभा सदस्य तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य धनबहादुर घले लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।
भूमि त्रिपाठी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सांसद निर्वाचित हुनुभएको थियो भने २०७९ को निर्वाचनमा पराजित हुनुभएको थियो । यस्तै धनबहादुर घले २०७० सालको संविधानसभा निर्वाचनमा साविक धादिङ निर्वाचन क्षेत्र नं. १ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो।












