काठमाडौँ, साउन २८
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारी तथा मातहत निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, समृद्ध र विकसित नेपाल निर्माणका लागि सबै मन्त्रालयबीच समन्वयका साथ सक्रिय योगदानको आवश्यकता औंल्याउनु भयो।
उहाँले विकासमा तीव्रता ल्याउने, स्वच्छता, पारदर्शिता र सुशासन कायम गर्ने, र जनतालाई प्रभावकारी सेवा दिन राज्य संयन्त्रहरूलाई थप जिम्मेवार बन्न निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले अवरोध हटाएर प्रविधि र दक्षताको प्रभावकारी प्रयोगमार्फत दिगो विकासका लक्ष्य प्राप्त गर्न र नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट हटाउन तदारुकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।











