अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहालाई पक्राउ गरेको छ ।

कुशवाहालाई अख्तियारले बिहीबार साँझ काठमाडौंबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।
अख्तियारले जेठ १२ गते उनको घरमा छापा मारेको थियो। त्यतिबेला उनका ६५ वर्षीय स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ परेका थिए ।
प्रदेश सांसद सिंह समेतले विभिन्न उपभोक्ता समितिहरू गठन गरेर समितिको खातामा दाखिल भएको रकम आफ्नो निजी सचिव कायस्थमार्फत् झिक्न लगाउने गरेको आरोप छ ।
सांसद सिंहले आफ्नो र श्रीमतीको बैंक खातामा रकम जम्मा गर्न लगाएर भ्रष्टाचार गरेको आरोप लागेको हो।
सिंह जनता समाजवादी पार्टी नेपालका महोत्तरी क्षेत्र नम्बर ४ (ख) का सांसद हुन् ।











