१३ जेष्ठ २०८२ मंगलवार, काठमाडौं । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

प्रतिनिधि सभाको सुरुमै बोल्दै माओवादीको उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै विपक्षी दलहरूले नाराबाजी गरेपछि आजै बस्ने गरी ३० मिनेटका लागि सदनको बैठक स्थगित गरिएको हो ।
अख्तियारले मुख्य आरोपित भनेको तीर्थ भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्यहाँ पठाइएको र गृहमन्त्रीको सचिवालय यो घटनामा प्रत्यक्ष जोडिएको भन्दै उनले राजीनामा दिएर अनुसन्धानलाई सघाउन आग्रह गरे।
वर्षमान र शिशिरले बोलेपछि विपक्षी दलहरूले उठेर नाराबाजीमा उत्रेपछि सभामुखले बैठक स्थगित भएको घोषणा गरे।











