११ जेष्ठ २०८२ नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले राजावादीहरूले काठमाडौंमा जेष्ठ १५ गते गर्ने भनेको आन्दोलन एमालेले सफल हुन नदिने बताउनुभएको छ ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आयोजना गरेको वाग्मती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीको नाममा आतङ्क मच्चाउनेलाई कुनै स्थान नदिइने स्पष्ट पार्नुभयो । यी राजावादी साजावादी केही पनि होइनन यी खाओवादी हुन् राजावादीहरू कुनै उद्देश्यको लागि नलडेका केबल साना स्वार्थका लागि उनीहरू लडिरहेका ओलीले स्पष्ट पार्नुभयो ।
जनता अलिकति मौन बसेकाले अनावश्यक फुर्तिफार्ति देखाएका छन्, एमाले मैदानमा उत्रिए पछि यिनीहरू कता कता जान्छन् राजावादीहरू कुनै उद्देश्यको लागि नलडेका उहाँले बताउनुभयो वडाध्यक्षहरूको प्रशिक्षण सकिने बित्तिकै तयारी थाल्न ओलीले निर्देशन दिनुभयो ।
जेष्ठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्दछ, कसरी कुन संस्था अगाडि लाग्छ त्यो छाडिदिनुस्, आन्दोलनमा प्रोटोकलका कुरा हुँदैन, सबै एकै हो, अगाडि बढौँ, आन्दोलनमा हामी सबै त्यस अनुसार तयारीमा लगौँ’, ओलीले भन्नुभयो ।











