धादिङ, ९ जेठ । नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित हुनुभएको छ। भोलाले ४०२ मत ल्याएर निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले मात्र २०० मत पाउनुभएको छ । पार्टीको उपाध्यक्षमा तेजनारायण यादव ४३० मत ल्याएर निर्वाचित हुनुभएको छ भने प्रतिस्पर्धी जयप्रकाश सुनरैतले मात्र १६० मत पाउनुभएको छ । यस्तै सचिवमा दिपनारायण ठाकुर विजयी हुनुभएको छ भने प्रतिस्पर्धा गरेका धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गर्नुभयो । यस्तै पुरुषतर्फ उपसचिवमा ३८० मतसहित सबिन विक्रम थापा र महिलातर्फ उपसचिवमा ३९१ मतसहित रुपाकुमारी मिश्रा निर्वाचित हुनुभएको छ । पुरुषतर्फका प्रतिस्पर्धी हरिकिशोर यादव १९५ र महिलातर्फ किरण कापर १८४ मत पाएको निर्वाचन समितिले जनाएको छ ।