काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आजबाट सेवा निवृत्त हुनुभएको छ ।

उहाँलाई शुक्रवार बिदाइ गरिएको छ । आयोगले एक कार्यक्रमको आयोजना गरी थपलियालाई बिदाइ गरेको हो ।
आयोगको प्रमुख निर्वाचन आयुक्त थपलिया नेपालको संविधानको धारा २४५ को उपधारा ९३० बमोजिमको ६ वर्षको पदावधि पूरा गरी आज वैशाख ६ गते सेवाबाट निवृत्त हुँदै हुनुहुन्छ ।
आयोगका पदाधिकारी एवं कर्मचारीहरूले एक कार्यक्रमका बिच प्रमुख आयुक्त थपलियाको बिदाइ गरेका थिए । बिदाइ कार्यक्रममा प्रमुख आयुक्त थपलियालाई आयुक्तहरू रामप्रसाद भण्डारी, डा। जानकी कुमारी तुलाधर र सगुन शमशेर जबराले पुष्पगुच्छा र मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा आयोगका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट आयोगका सचिव भरतमणि सुवेदी र महाशाखा प्रमुखहरूले पुष्पगुच्छासहित बिदाइ गर्नुभएको थियो । थपलिया। २०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त हुनुभएको थियो ।
बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको ६ वर्षको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सृजनात्मक चिन्तन र अनुभूतिको आत्म दर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताउनुभयो ।











